Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आईपिओ खुल्यो

२०७५ पुष १९ गते

बैंकिङ खबर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाले १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ । विक्री प्रबन्धक भिबोर क्यापिटलको अनुसार आइपिओ छिटोमा २३ पुुष र ढिलोमा १८ माघमा बन्द हुनेछ ।  

कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित म्यादीवासीका  लागि पाँच लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गरेको थियो । स्थानीय आयोजना प्रभावितलाई बिक्री गर्दा बाँकी रहेको सेयर समेत जोडेर आयोजनाले सर्वसाधारणलाई सेयर बिक्री खुला गरेको हो । 

घलेम्दी हाइड्रो प्रालिले म्याग्दीमा चार मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ ।

Ad