बैंकिङ खबर । आइतबार सेयर बजार १०.६२ अंकले घटेर १,२०४.५४ अंकमा कायम भएको छ । होटल, नीर्जिवन बीमा कम्पनी र उत्पादनमुुलक बाहेकका सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै जिवन बीमा समुहको ५२.३३ अंकले घटेको छ ।
दिनभरिमा १६८ वटा कम्पनीको १२ लाख ३६ हजार तीन सय ४३ कित्ता सेयर पाँच हजार चार सय १३ पटक खरिदविक्री हुँदा ४५ करोड ४२ लाख ८४ हजार तीन सय ९३ रुपैयाँको करोबार भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडको तीन करोमाथिको कारोबार भएको छ । नागरिक लगानी कोष र नेशनल लाईफ इन्स्योरेन्सको दुई करोमाथिको कारोबार भएको छ । यसबाहेक, एनसीसी बैंक, छिमेक लघुवित्त, नेपाल दुरसञ्चार कम्पनी, जनता बैंक र ग्लोबल आईएमई बैंकको क्रमशः एक करोमाथिको कारोबार भएको छ भने प्राइम लाईफ इन्स्योरेन्सको ९८ लाख ४९ हजार छ सय ९३ रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै मल्टीप्रपोज फाइनान्स कम्पनीका सेयरधनीले नौ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, माहुली सामुदायिक लघुवित्त, नागरिक लगानी कोष, खानिखोला हाइड्रोपावर कम्पनी, नाङदी ग्रुप, आएसडिसी लघुवित्त, बरुन हाइड्रोपावर कम्पनी, मितेरि डेभलपमेन्ट बैंक, नापेड लघुवित्त र जनता बैंक नेपाल लगायतका सेयरधनीले कमाएका छन् ।
कावेली विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै नौ प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, नेपाल दुरसञ्चार कम्पनी, रैराङ हाइड्रोपावर, महिला सहयात्रा माइक्रोफाइनान्स, नेपाल बङलादेश बैंक, समता माइक्रोफाइनान्स, सिभिल लघुवित्त, कालिका लघुवित्त, हिमालयन पावर पार्टनर, वोमी माइक्रोफाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् ।