बैंकिङ खबर । नेपाल एग्रो लघुवित्तले जारी पूँजीको ३२.५ प्रतिशत साधारण शेयर सर्वसाधारणलाई विक्री गर्ने भएको छ । साथै, संस्थापक शेयरधनीको शेयर स्वामित्व जारी पुँजीको ६७.५ प्रतिशत हुने गरी परिवर्तन गरेको छ ।
उक्त साधारणसभाले वित्तीय संस्थाको नाम, ठेगाना र पुँजीको संरचनामा परिवर्तन गरेको छ । नेपाल एग्रो माइक्रोफाइनान्सको साविकको नामलाई नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र साविकाको ठेगानालाई कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १८, विन्ध्यावासिनीमा हुनेगरी परिवर्तन गरेको वित्तीय संस्थाका अध्यक्ष रमेश कुमार कर्माचार्यले बताए ।
नेपाल एग्रो लघुवित्तको दास्रोे वार्षिक साधारण सभाबाट मर्जरमा जानको लागि एक वा एक भन्दा बढि उपयुक्त बैंक÷वित्तीय संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुने जाने प्रयोजनका लागि उपयुक्त बैंक÷वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्घान्तिक स्विकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिन तथा अन्य आवश्यक थप कार्य गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी दिएकोमा सोहि बमोजिम सञ्चालकहरु विनिता कोइराला, पिएचडीको संयोजकत्वमा निलकण्ठ शर्मा लम्साल र सरिता अधिकारी सदस्य रहने गरी मर्जर वा प्राप्ति(एक्विजिसन) समिति समेत गठन भइ सकेको प्रमुख कार्यकारी अधिकृत लम्सालले जानकारी दिए ।
हाल वित्तीय संस्थाले सल्यानमा ३, प्युठानमा १, रोल्पामा १, पाल्पामा ३ र गुल्मीमा ४ शाखा गरी प्रदेश नंं. ५ अन्तर्गत १२ शाखा सञ्चालन गरेको र गण्डकी प्रदेशमा १४ शाखा सञ्चालन गरेको छ ।
हाल संस्थाले १० जिल्लामा २६ वटा शाखाबाट १५ हजार महिलाहरु विच वित्तीय कारोवार गरेर ४६ करोड ६० लाख रुपैयाँ लगानी रहेको छ भने १४ करोड १४ लाख वचत संकलन गरेको छ ।