Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अनलाइन ट्रेडिङका लागि छुट्टै बैंक खाता चाहिने

२०७५ पुष १३ गते

बैंकिङ खबर । दोस्रो बजारमा अनलाइनमार्फत सेयर कारोबार गर्न छुट्टै बैंक खाता चाहिने भएको छ। अनलाइन कारोबार गर्न चार वटा क्लियरिङ बैंकमा खाता खोल्नुपर्ने नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । जसअनुसार, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक र सिद्धार्थ बैंकमध्ये कुनैमा खाता खोलेपछि मात्रै अनलाइन कारोबार गर्न पाइनेछ। 

नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारमा सीमा तोकेकोले छुट्टै खाता खोल्न नेप्सेले अनुरोध गरेको हो। यो खाताबाट लगानीकर्ताले शेयर कारोबारका लागि जति पनि कारोबार गर्न सक्छन् । ब्रोकरमार्फत शेयर कारोबार गर्नका लागि भने छुट्टै खाता चाहिँदैन । 

आगामी पुस १७ गतेदेखि पूर्ण रुपमा स्वचालित शेयर कारोबार हुने नेप्सेले जनाएको छ। 

Ad