Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

निर्धन उत्थान लघुवित्तद्धारा विभिन्न ठाउँमा व्यवसायिक उद्यमशिलता तालिम सम्मपन्न

२०७५ पुष १३ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ठाउँमा व्यवसायिक तालिम सम्पन्न गरेको छ संस्थाले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा  पौष १२ गतेदेखि १४ गतेसम्म नवलपुर जिल्लाको दलदलेमा “उद्यमशीलता विकास तालिम” संचालन गरेको छ ।

उक्त तालिममा दलदले शाखाका २६ जना ग्राहक सदस्यहरुको सहभागितामा उद्यमशीलता विकास तालिम संचालन गरेको हो ।  यस तालिममा प्रशिक्षकहरुमा संस्थाको काठमाण्डौं नक्साल स्थित केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठ, भरतपुर कार्यालयका कार्यक्रम अधिकृत परमेश्वर चौधरी, दलदले शाखाका प्रमुख लेख बहादुर क्षेत्री रहेका रहेका थिए ।

तालिममा सहभागीहरुले आयआर्जन, स्वरोजगार र ब्यवसाय बीच भिन्नता, आत्म विश्लेषण, सफल उद्यमीका विशेषताहरु, बाख्रापालन तथा भैंसीपालन सम्बन्धी भिडियो, वित्तीय साक्षरता सम्बन्धी भिडियो, ब्यवसाय छनौट, प्रारम्भिक छनौट प्रक्रिया, वृहद छनौट, सुक्ष्म छनौट प्रक्रिया, सफल उद्यमीको अनुभव, नमूना स्किमहरु, विभिन्न प्रविधि सम्बन्धी भिडियोहरु, संस्थाको सेवाहरु, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनु पर्ने कुराहरु, बजार, बजारिकरण, बजार सञ्जालको महत्व बारेमा जानकारी लिएका थिए । 

 निर्धन उत्थान लघुवित्तले पौष ६ गतेदेखि ८ गतेसम्म नवलपरासी जिल्लाको गोपिगंञ्जमा “उद्यमशीलता विकास तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा दाउन्नेदेवी शाखाका २० जना ग्राहक सदस्यहरुको सहभागितामा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको हो । 

यस तालिममा प्रशिक्षकहरुमा संस्थाको काठमाण्डौं नक्साल स्थित केन्द्रीय कार्यालयका वरिष्ठ ब्यवस्थापक पवन कुमार श्रेष्ठ, भैरहवा कार्यालयका कार्यक्रम अधिकृत राधेश्याम साहनी, भैरहवा क्षेत्रीय कार्यालयका कार्यक्रम अधिकृत पूर्ण बहादुर खड्का रहेका थिए ।

तालिममा सहभागीहरुले आयआर्जन, स्वरोजगार र ब्यवसाय बीच भिन्नता, आत्म विश्लेषण, सफल उद्यमीका विशेषताहरु, बाख्रापालन तथा भैंसीपालन सम्बन्धी भिडियो, वित्तीय साक्षरता सम्बन्धी भिडियो, ब्यवसाय छनौट, प्रारम्भिक छनौट प्रक्रिया, वृहद छनौट, सुक्ष्म छनौट प्रक्रिया, सफल उद्यमीको अनुभव, नमूना स्किमहरुका बारेमा जानकारी पाएका थिए । 

संस्थाले मंसिर २० गतेदेखि २२ गतेसम्म २५ जना ग्राहक सदस्यहरुको सहभागितामाबारा जिल्लाको सिमरामा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षकहरु डा. हेमचन्द्र कुमार जैसवार, मेनुका खनाल, निर्मल थापा, क्षेत्रीय कार्यक्रम अधिकृत, अजिमुल्लाह दर्जी, शाखा प्रमुख विनोद राम रहेका थिए ।

बाख्रापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाख्रापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातिय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु लगायतका विषयमा जानकारी लिएका थिए । 

संस्थाका आफना ३५ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ मंसिर २० गतेदेखि २२ गतेसम्म महोत्तरी जिल्लाको गौशालामा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गरेको संस्थाका गौशाला शाखाका प्रमुख हजरत अलीले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु बेचन साह कृषि अधिकृत जनकपुर कविता विष्ट रहेका थिए ।

तालिममा बेमौसमी तरकारी खेती सम्बन्धी नविनतम प्रविधि अपनाइ गरिएको फर्मको व्यवहारिक अवलोकन भ्रमणको साथै संस्थाले प्रदान गर्ने कर्जा लघुविमा रेमिटान्स सेवा तथा बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदि बारेमा समेत यस तालिममा सहभागीहरुले जानकारी हासिल गरेका थिए । 

हाल संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ ।


 

Ad