बैंकिङ खबर । बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार ३०.२६ अंकले बढेर १,२१६.२७ अंकमा कायम भएको छ । सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जिवन बीमा समुह चार सय ४३.५ अंकले बढेको छ ।
दिनभरिमा १७३ वटा कम्पनीको १९ लाख एक सय तीन कित्ता सेयर सात हजार पाँच सय ८७ पटक खरिदविक्री हुँदा ६९ करोड २६ लाख २३ हजार सात सय ४६ रुपैयाको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल बैंकको चार करोडमाथीको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमइ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक र एनसीसी बैंकको दुई करोमाथीको कारोबार भएको छ । यसबाहेक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सको क्रमशः एक करोडभन्दा माथीको कारोबार भएको छ ।
नागरिक लगानी कोष, विशाल बजार कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, मल्टीप्रपोज फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफइन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै नौ प्रतिशतभन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, नयाँ नेपाल लघुवित्त, गुराँस लाइफ इन्स्योरेन्स, फस्र्ट माइक्रोफाइनान्स र उन्नती माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
गण्डकी विकास बैंकका सेयरधनीले पाँच प्रतिशतभन्दा बढिका दरले गुमाएका छन् । यसबाहेक, अरुन भ्याली हाइड्रोपावर, सपोर्ट माइक्रोफाइनान्स, छाङदी हाइड्रोपावर, रैराङ हाइड्रोपावर, ललितपुर फाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक, वर्ड मर्चेट बैंकिङ, कालिका पावर कम्पनी र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर लगायतका सेयरधनीले गुमाएका छन् ।