बैंकिङ खबर । सानिमा बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १४ प्रतिशत नगद लाभाश दिने भएको छ । बैंकको मंसिर २७ गते सम्पन्न १४आँै वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।
बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले सर्वसाधारण समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने भरत कुमार पोखरेल र महेश घिमिरेकको निर्बिरोध निर्वाचन गरेको छ ।