December 13th, 2018

काठमाडौँबाहिर पनि अनशन बस्ने तयारीमा सेयर लगानीकर्ता 

बैंकिङ खबर । अनशन प्रति सरकार तथा नियामक निकायले कुनै वास्ता नगरेको भन्दै शेयर बजारका लगानीकर्ताले काठमाडौँ बाहिरका स्थानहरुमा पनि अनशन सुरु गर्ने बताएका छन् । पाँच दिनदेखि अनशन बसेका लगानीकर्ताले आफ्नो आन्दोलन देशव्यापी बनाउन लागेको जानकारी गराएका हुन् । बिहिबार चितवनका शेयर लगानीकर्ताले जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाउदै उक्त कार्यालय स्थलमै अनशन बस्ने बताएका छन् ।

शेयर लगानीकर्ता दबाब समूहले बुधबार प्रेस बक्तब्य निकाल्दै आफूहरुको आन्दोलन काठमाडौ बाहिरका स्थानहरुमा पनि गर्न आह्वान गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]