December 13th, 2018

सामान्य अंकको बृद्धिसँगै १,१४८.७८  अंकमा सेयर बजार

बैंकिङ खबर । विहीबार सेयर बजार ०.६७ प्रतिशतले बढेर १,१४८.७८  अंकमा पुगेको छ । होटल, फाइनान्स र अन्य बाहेकका सबै उपसुचकहरु बढेका छन् । सबै भन्दा धेरै बैंकिङ समुह ८.५५ अंकले बढेको छ । 

दिनभरिमा १५४ वटा कम्पनीको ९ लाख ९७ हजार छ सय ७२ कित्ता सेयर तीन हजार दुई सय ६६ पटक खरिदविक्री हुदाँ ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाको कारोबार भएको छ । 

नेपाल इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै पाँच करोड माथीको कारोबार भएको छ । त्यसैगरी, नेपाल बैंक र  माच्छापुच्छ्रे बैंकको दुई करोड माथीको कारोबार भएको छ । यसबाहेक, छिमेक लघुवित्त, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बेंक र एनआईसी एशिया बैंकको एक करोड माथीको कारोबार भएको छ भने  प्रभु बैंक, एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरैनसले क्रमशः ९८ लाख २० हजार दुई सय ९५, ९४ लाख १५ हजार १६ र ९३ लाख ५९ हजार तीन सय ९ को कारोबार भएको छ । 

नागवेली लघुवित्त र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५ प्रतिशत भन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, रैराङ हाइड्रो पावर, कावेली विकास बैंक, युनाइटेट इन्स्योरेन्स, सिभिल बेंक, तारा गाउँ रिजेन्सी, आरएसडिसी लघुवित्त, राधी विद्युत कम्पनी र नयाँ नेपाल लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

त्यसैगरी, सुर्येदय लघुवित्त, सेन्ट्रल फाइनान्स र पञ्चकन्यामाई हाइड्रो पावरका सेयरधनीले सबै भन्दा धेरै तीन प्रतिशत भन्दा बढिका दरले गुमाएका छन् । त्यसैगरी महिला सहयात्रा माइक्रोफाइनान्स, युनाइटेट मोदी हाइड्रो पावर, विजय लघुवित्त, पुर्णिमा विकास बैंक, वोमी माइक्रोफाइनान्स, छ्याङ्दी हाइड्रोपावर र सिटिजन इन्भेष्ट ट्रस्टका सेयरधनी लगायतले पनि गुमाएका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]