December 13th, 2018

अनलाइन कारोबारका लागि २२ जनाले लिए युजरनेम र पासवर्ड

बैंकिङ खबर । पूर्ण स्वचालित अनलाइन कारोबारमा लगानीकर्ताको पहुँच प्रदान गरेको पाँच दिनमा २२ जना ग्राहकले युजरनेम र पासवर्ड लिएका छन् । नेप्सेले मंसिर २३ गतेदेखि लगानीकर्तालाई अनलाइन कारोबारमा पहुँच प्रदान गरेको थियो । यस क्रममा सदस्य दलाल र ग्राहकबीच अनलाइन कारोबार गर्ने गराउने सम्झौतापत्रमा हस्ताक्षर भई कार्यराम्भ समेत भइसकेको छ । नेप्सेको अभिलेखअनुसार, बुधबार (मंसिर २६) गतेसम्मा २२ जना लगानीकर्ताले सम्बन्धित दलालसँग सम्झौता गरी युजरनेम र पासवर्ड लिएका छन् । 

युजरनेम र पासवर्ड माग गरेका लगानीकर्तामध्ये कतिपयको हितग्राही खातासम्बन्धी विवरण पूर्ण रुपमा उपलब्ध नभएको र एउटै हितग्राही खाता धेरै सदस्य दलाल तथा ग्राहकको कारोबार खातामा देखिन गएकाले सबै दलाललाई सच्याउन पठाइएको नेप्सेले जानकारी दिएको छ । सोको विवरण आउँदै गरेको र ती ग्राहकलाई सीडीएससीको प्रणालीसँग एकीकृत गरी युजरनेम र पासवर्ड वितरण गर्ने कार्य पनि भइरहेको नेप्सेले जनाएको छ । 

डिम्याट खातासम्बन्धी विवरण दुरुस्त नभएका लगानीकर्ताको कारोबार आदेशलाई नेप्सेको प्रणालीले स्वीकार नगर्ने भएकाले सम्बद्ध दलाल व्यवसायीसँग सम्पर्क गरी पूरा विवरण उल्लेख गर्न लगानीकर्तालाई आह्वान गरिएको छ । 

नयाँ दर्ता भएका ग्राहकको डिम्याट खाता एकीकृत गर्न नेप्सेले एक ढाँचा तयार गरी दलाललाई उपलब्ध गराएको जानकारी पनि दिएको छ । 

त्यस्तै, यसअघि घोषणा गरिएअनुसार पुस १७ देखि क्यिरिङ बैंकलाई समेत एकीकृत गराई कारोबार संचालन गर्ने गरी आवश्यक तयारी भइरहेको नेप्सmे उल्लेख गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]