Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सूचना प्रवाह गर्दा जिम्मेवार बन्न नेप्सेको चेतावनी

२०७५ मंसिर २७ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सजेन्जले धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना प्रवाह गर्दा जिम्मेवार बन्न सूचीकृत कम्पनीलाई चेतावनी दिएको छ । बुधवार बिज्ञप्ति निकाल्दै नेप्सेले संस्थागत गतिबिधि र सूचना प्रवाह गर्दा अस्पष्ट र अपूर्ण सूचना दिने गरेकाले लगानीकर्तामा अन्यौल सिर्जना भएको उल्लेख गरेको छ । 

नेप्सेले धितोपत्र सूचीकरण नियामवली र धितोपत्र सूचीकरण सम्झौता अनुसार अलग अलग सूचना, जानकारी र बिवरणहरु तोकिएको समयमा, दोहोरो अर्थ नलाग्ने गरी, अक्षर र अंकमा स्पष्ट हुने गरी लगानीकर्ताले बुझिने भाषामा लेख्न सूचिकृत कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Ad