बैंकिङ खबर । बुधबार सेयर बजार ०.०८ अंकले बढेर ११४१.१८ अंकमा पुगेको छ । बैंकिङ, होटल, विकास बैंक, निर्जिवन बीम र लघुवित्त समूह घटेका छन् भने जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, निर्जिवन बीमा र अन्य समूह बढेका छन् ।
दिनभरिमा १५६ वटा कम्पनीको आठ लाख ६५ हजार सात सय १९ कित्ता सेयर दुई हजार आठ सय १७ पटक खरिदविक्री हुँदा २६ करोड ८८ लाख १० हजार आठ सय २४ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, सबैभन्दा धेरै आईएमई जनरल इन्स्योरेन्स प्रोमोटर सेयरको चार करोड ८७ लाखभन्दा बढीको कारोबार भएको छ ।
सोल्टी होटल र आईएमई जनरल इन्स्योरेन्सका (प्रोमोटर) सेयरधनीले क्रमशः ५८.४६ र १७.५२ प्रतिशतले कमाएका छन् । चिलिमे हाइड्रोका सेयरधनीले ६.७४ प्रतिशतले कमाएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, हिमालयन पावर पार्टनर, महुली सामुदायिक लघुवित्त, पञ्चकन्या माई हाइड्रो, सिद्धार्थ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक लगायतका सेयरधनीले पनि कमाए ।
यता, सिटिजन्स बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.०१ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, एनएमबि माइक्रोफाइनान्स, सिभिल लघुवित्त, नागबेली लघुवित्त, मिर्मिरे लघुवित्त, सिद्धार्थ इक्विटी फण्ड, लक्ष्मी लघुवित्त, समता माइक्रोफाइनान्स, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया ग्रोथ फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।