Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा गिरावट, कारोबार ३८ करोडमाथि

२०७५ मंसिर २५ गते

बैंकिङ खबर । मंगलबार सेयर बजार ३.०७ अंकले घटेर ११४१.१२ अंकमा कायम भएको छ । फाइनान्स, उत्पादनमूलक र अन्यबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह २५.७३ अंकले घटेको छ । 

दिनभरिमा १६४ वटा कम्पनीको १२ लाख ८६ हजार पाँच सय ६५ कित्ता सेयर तीन हजार पाँच सय ६४ पटक खरिदविक्री हुँदा ३८ करोड ३२ लाख ९२ हजार एक सय २० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल बैंकको १३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबि बैंकको दुई करोड तथा नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एशिया बैंक र जनता बैंकको एक करोडमाथिको कारोबार भएको छ । सोल्टी होटल, एभरेष्ट बैंक, मेगा बैंक प्रोमोटर र प्रभु बैंकको क्रमशः ९३ लाख, ९२ लाख, ७२ लाख र ५८ लाखको कारोबार भएको छ । 

गुहेश्वरी फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ८.४७ र ५.७७ प्रतिशतका दरले कमाएका छन् । यसबाहेक, आरम्भ माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्स, मेरो माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, महालक्ष्मी विकास बैंक, अरुण काबेली पावर, आईएमई जनरल इन्स्योरेन्स, हिमालयन डिस्टीलरी लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, मञ्जुश्री फाइनान्स र नेपाल सेवा लघुवित्तका सेयरधनीले क्रमशः ७.२५ र ५.५२ प्रतिशतले गुमाएका छन् । आरएमडीसी लघुवित्त, पञ्चकन्या माई हाइड्रो, ङादी ग्रुप पावर, ग्रामीण विकास लघुवित्त, लक्ष्मी इक्विटी फण्ड, रैराङ हाइड्रो, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कालिका लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Ad