December 11th, 2018

अपर तामाकोशीको सेयरमा नपरेको रकम फिर्ता पाउनुभएन ? यसरी लिनुहोस्

बैंकिङ खबर । माथिल्लो तामाकोशी हाइड्रोपावरले स्थानीयबासीलाई निष्काशन गरेको साधारण सेयर बाँडफाँडमा नपरेको रकम सिधै बैंक खातामा अन्तरबैंक पेमेन्ट सिस्टम(आईपिएस) मार्फत फिर्ता गरेकाथियो । तर विभिन्न समस्याका कारण केही आवेदकले सिधै बैंक खातामा रकम पाएका थिएनन् । ती आवेदकलाई पुस १ गतेदेखि चेकबाट रकम फिर्ता हुने भएको छ ।

हाइड्रोपावरको सेयर बिक्री प्रबन्धकहरुले बैंक खातामा नै पठाउन निवेदन दिएका आवेदकको हकमा फेरि एक पटक खातामा पठाउने र अन्यको हकमा चेक मार्फत रकम फिर्ता गर्ने बताएका छन् । यसका लागि दोलखाबाट आवेदन दिएका आवेदकलाई आवेदन दिएकै बैंक तथा वित्तीय संस्थामा गएर चेक मार्फत रकम फिर्ता लिन सकिने र काठमाडौंबाट आवेदन दिनेले सनराईज क्यापिटल मार्फत भुक्तानी लिनुपर्नेछ ।

माथिल्लो तामाकोशीले आयोजना प्रभावित स्थानीयलाई साउन १६ गतेदेखि भदौ २१ गतेसम्म एक करोड ५ लाख ९० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]