December 10th, 2018

आरएमडीसी लघुवित्तको साधारणसभा पुस २० गते, २० प्रतिशत लाभांश प्रस्ताव

बैंकिङ खबर । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको साधरण सभा पुस २० गते हुने भएको छ ।  लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको ३२१ औं बैठकले पुस २० गते त्रिपुरेश्वर स्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा बस्ने गरी उक्त साधारणसभा घोषणा गरेको हो ।

लघुवित्तले साधारणसभामा १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साथै, कम्पनीको आयव्यय विवरण, वासलात लगायतका वित्तीय विवरणहरु पारितसँगै प्रबन्धपत्र तथा नियमावलीका आवश्यक संशोधन गर्ने प्रसताव समेत पारित गर्ने बताइएको छ । 

उक्त लघुवित्तको लाभांश प्राप्त गर्न पुस ३ गतेभित्र शेयर स्वामित्व कायम गरिसक्नुपर्ने भएको छ । साधारणसभामा उपस्थित हुन शेयरधनीले आफ्नो नाममा उक्त लघुवित्तको नाममा भएको शेयर रहेको डिम्याट खाता नम्बर उपलब्ध गराई ३ दिन अगावै नाम दर्ता गराउनुपर्ने समेत उल्लेख गरिएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]