December 9th, 2018

०.९७ अंकले बढयो सेयर बजार

बैंकिङ खबर । आइतबार सेयर बजार ०.९७ अंकले बढेर १,१३१.७० अंकमा पुगेको छ । फाइनान्स र उत्पादनमुलक बाहेकका सबै उपसुचकहरु बढेका छन् । सबै भन्दा धेरै बैंकिङ समुह १३.५१ अंकले बढेको  छ ।
दिनभरीमा १५५ वटा कम्पनीको सात लाख १४ हजार छ सय १८ कित्ता सेयर दुई हजार नौ सय ६५ पटक खरिदविक्रि हुदाँ २२ करोड ३७ लाख २४ हजार छ सय ८७ रुपैयाको कारोबार भएको छ । 

नेपाल बैंक लिमिटेडको सबै भन्दा धेरै साढे दुई करोड माथिको कारोबार भएको  छ । प्रभु बैंक, एनएमबि बैंक र नेपाल लाइफ इन्स्योरेन्सको करोड भन्दा माथिको कारोबार भएको छ । यसबाहेक, एनआइशी एशिया बैंक, छिमेक लघुवित्त विकास बैंक, चिलिमे हाइड्रो पावर, नेपाल एसविआइ बैंक, एनसीसी बैंक र बुटवल पावर कम्पनीले क्रमश : ८४ लाख १६ हजार पाँच सय ७७, ७६ लाख ९१ हजार पाँच सय ३०, ७६ लाख ४७ हजार ४०, ६१ लाख २७ हजार चार सय ६४, ५५ लाख पाँच हजार ७६, ५२ लाख सात हजार ८८ को कारोबार भएको छ । 

सबै भन्दा धेरै मिर्मिरे लघुवित्त वित्तीय संस्था,बरुन हाइड्रो पावर र एनआइशि एशिया बैंकका सेयरधनीले ५ प्रतिशत भन्दा बढिका दरले कमाएका छन् । यसबाहेक, कावेली विकास बैंक, रिडी हाइड्रो पावर, सपोर्ट लघुवित्त, कुमारी बैंक, युनाइटेट इन्स्योरेन्स, देव विकास बैंक र विजय लघुवित्तका सेयरधनी लगायतले पनि कमाएका छन् । 

त्यसैगरी लक्ष्मी इक्युटी फण्डका सेयरधनीले ७.४४ प्रतिशतका दरले गुमाएका छन् । लक्ष्मी लघुवित्त, मिथिला लघुवित्त, स्वदेशी लघुवित्त, नेशनल लघुवित्त, कनकाई विकास बैंक, सिभिल लघुवित्त, युनाइटेट मोदी हाइड्रो पावर, ङादी गु्रप र कालिका लघुवित्तका सेयरधनीले पनि क्रमश गुमाएका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]