Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चितवनमा निर्धन उत्थान लघुवित्तद्धारा ब्यवसायिक तरकारीखेती तालिम सम्पन्न  

२०७५ मंसिर २३ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा  मंसीर १२ गतेदेखि १४ गतेसम्म चितवन जिल्लाको  भरतपुरमा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गरेको  छ । उक्त तालिमको महत्वको बारेमा संस्थाका  क्षेत्रीय कार्यालय काठमाण्डौका कार्यक्रम अधिकृत परमेश्वर चौधरीले जानकारी दिए ।

तालिम प्रशिक्षकहरुमा वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठ, वरिष्ठ कृषि विकास अधिकृत भरत आचार्य, वागवानी  विकास अधिकृत माधव पौडेल र कृषि प्रसार अधिकृत वेद प्रसाद रेग्मी रहेका थिए ।

संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइ रहेको यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घर परिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय कार्यालय भरतपुरका कार्यक्रम अधिकृत परमेश्वर चौधरीले बताए । 

तालिममा प्रशिक्षार्थिहरुले तरकारी खेतीको महत्व, आवश्यकता, नर्सरी ब्यवस्थापन तथा वर्णशंकर तरकारी बीउको महत्व, काउली वर्गका तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखाद ब्यवस्थापनका विषयमा सैद्धान्तिक ज्ञानको साथै फिल्डमा माटो खन्ने, सम्याउने, डल्ला फोर्ने, ड्याङ बनाउने, बीउ राख्ने तथा विरुवा रोपने तरिकाको ब्यावहारिक तथा प्रयोगात्मक जानकारी पाएका थिए । 

तरकारी खेती गरी रहेका र तरकारी खेती गर्न इच्छुक संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिमले सहयोग गर्ने कुरा  भरतपुर शाखाका शाखा प्रमुख रिता रेग्मीले जानकारी दिईन् । 

संस्थाले १८१ वटाशाखाहरु, १० वटा क्षेत्रीयकार्यालय र केन्द्रीयकार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा दिदै आइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । 

Ad