Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मर्चेण्ट बैंकर्स संघको साधारण सभा : सात सदस्यीय कार्यसमिति निर्वाचित

२०७५ मंसिर २१ गते

बैंकिङ खबर । नेपाल मर्चेण्ट बैंकर्स संघको नवौं वार्षिक साधारण सभा शुक्रबार नारायणचौर, नक्साल, काठमाण्डौमा सम्पन्न भएको छ । साधारणसभाबाट आर्थिक वर्ष २०७४/०७५ को लेखापरिक्षण भई आय–व्यय विवरण र लेखा परिक्षक नियुक्ति लगायत आर्थिक वर्ष २०७५/०७६ को योजना कार्यक्रमहरु साथै, वार्षिक वजेट पारित भएको छ । 

उक्त साधारण सभाबाट ७ नयाँ सदस्यीय कार्यसमिति समेत निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना, उपाध्यक्षमा एनआइविएलएस क्यापिटल लिमिटेडका महाप्रवन्धक मेघ बहादुर थापा, महासचिवमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र कोषाध्यक्षमा ग्लोवल आइएमइ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा कृति क्यापिटल लिमिटेडका प्रवन्ध निर्देशक दिपेश कुमार वैद्य, नविल इन्भेष्टमेण्ट बैिंकङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सविर वादे श्रेष्ठ र आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।
 
साधारण सभाबाट संघको विधान संशोधन गरी पूँजीबजारमा कार्यरत अन्य संघ संस्थाहरुलाई एशोसियट सदस्यको रुपमा संघमा आवद्य हुने मार्ग प्रशस्त गरिएको छ । साधारण सभाबाट पूँजीबजारको विकासमा अग्रसर हुने तथा यसलाई व्यवस्थित र मर्यादित बनाउने विभिन्न कार्यक्रमका साथै संघ मर्चेन्ट बैकिङ्ग सम्वन्धी एशीयाली राष्ट्रहरुको संगठन एशियन सेक्युरीटीज फोरममा आवद्ध हुने प्रकृया अगाडि वढाउने कार्यक्रम समेत पारित भएको छ । 

Ad