December 6th, 2018

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार ३७ करोडमाथि

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार २.७० अंकले बढेर ११२०.८४ अंकमा पुगेको छ । जलविद्युत् र उत्पादनमूलकबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूह ४४.०७ अंकले बढेको छ । 

कारोबार रकम भने बुधबारको तुलनामा थोरै घटेको छ । बुधबार ३७ करोड ७२ लाख ८६ हजार दुई सय ७९ रुपैयाँको कारोबार भएको बजारमा विहीबार ३७ करोड नौ लाख ७१ हजार नौ सय ३६ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १६२ वटा कम्पनीको १३ लाख ७४ हजार तीन सय ४६ कित्ता सेयर चार हजार एक सय ७० पटक खरिदविक्री भएका छन् । 

एनएमबि बैंकको सबैभन्दा धेरै चार करोड ४६ लाखभन्दा बढीको सेयर कारोबार भएको छ भने नेपाल बैंकको तीन करोड तथा ग्लोबल आईएमई बैंक, माछापूच्छ्रे बैंक प्रोमोटर, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स र सानिमा बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । एनसीसी बैंक, सिद्धार्थ बैंक र कुमारी बैंकको क्रमशः ९९ लाख ९५ लाख र ८४ लाख बढीको कारोबार भएको छ । 

आइएमई जनरल इन्स्योरेन्सका सेयरधनीले सबैभन्दा धेरै ७.३० प्रतिशतले कमाएका छन् भने अपि पावर कम्पनीका सेयरधनीले ५.६७ प्रतिशतले कमाएका छन् । यसबाहेक, सूर्या लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स, विजय लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नाडेप लघुवित्त, नेको इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कालिका लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ७.४२ प्रतिशथले गुमाएका छन् भने महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ५.६८ प्रतिशतले गुमाएका छन् । यसबाहेक, युनाइटेड मोदी हाइड्रो, काबेली विकास बैंक, रैराङ हाइड्रो, आरम्भ माइक्रोफाइनान्स, राधी विद्युत् कम्पनी, हिमालयन डिस्टीलरी, चिलिमे हाइड्रो, नेशनल माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]