बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार १०.३७ अंकले घटेर ११४८.७० अंकमा कायम भएको छ । फाइनान्स र उत्पादनमूलकबाहेक सबै उपसूचक घटेका छन् । दिनभरिमा १६१ वटा कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता सेयर चार हजार दुई सय ६७ पटक खरिदविक्री हुँदा ३२ करोड २९ लाख ४७ हजार नौ सय ८३ रुपैयाँको कारोबार भएको छ ।
नेपाल बैंकको पाँच करोड, एनएमबि बैंकको दुई करोड तथा सानिमा बैंक र नेपाल लाइफ इन्स्योरेन्सको झन्डै दुई करोडको सेयर कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः प्रभु बैंक, जनता बैंक, एलआईसी नेपाल, नागरिक लगानी कोष, एनसीसी बैंक र मुक्तिनाथ विकास बैंक रहेका छन् ।
छ्याङ्दी हाइड्रो, नविल इक्विटी फण्ड, नेपाल हाइड्रो, नागबेली लघुवित्त, आईसीएफसी फाइनान्स लगायत २५ वटा कम्पनीका सेयरधनीले मात्रै कमाएका छन् । आईएमई जनरल इन्स्योरेन्स, मिर्मिरे लघुवित्त र नेको इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । डिप्रोक्स लघुवित्त, ग्रामीण विकास लघुवित्त, वोमी माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।