बैंकिङ खबर । डिप्रोक्स डेभलपमेन्ट बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने प्रस्ताव भएको छ । बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।