Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

साताभर चर्चामा रहेका बैँकिङ गतिविधिहरु

२०७३ जेष्ठ १४ गते

Pen on coins backgroundहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । विशेषतः बाफिया संशोधनका लागि सदनमा पेश गरिएको प्रस्तावले साताभर नै चर्चा बटुल्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

बाफिया संशोधन
बैँक तथा वित्तीय संस्था संशोधनसम्बन्धि ऐन (वाफिया) संशोधनका लागि उपसमितीले संसदमा प्रतिवेदन पेश गरेको छ । व्यवस्थापिका संसद अर्थसमितीमा यससम्बन्धि छलफल चलिरहेको छ । बैँकिङ कसुर तथा सजाय ऐन २०६४ लाई विस्थापित गर्ने गरी ल्याउन लागिएको बैँकिङ कसुर तथा सजायसम्बन्धि विधेयक २०७१ को संशोधन प्रस्तावमा व्यापारी सभासद्हरुले कुनै पनि संस्थामा सञ्चालकहरुको ठूलो लगानी रहने र त्यो लगानीको सुरक्षाको लागि जति समयसम्म पनि अध्यक्ष तथा प्रमुख कार्यकारी रहन पाउनुपर्ने तर्क गर्दै आएका छन् । अर्थ समितिले उपसमितिको प्रतिवेदन पास गरेसँगै यसैअनुसार विधेयक आउनेछ ।  

आर्थिक सर्वेक्षण प्रस्तुत
सरकारले विहिबार सदनसमक्ष आर्थिक वर्ष २०७२/०७३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्यो । जसअनुसार, चालु आवमा मुलुकको कुल गार्हस्थ्य उत्पादन ०.७७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

देश विदेशमा बैँकिङ अपराध
गत सातादेखि नै चर्चामा रहेको बैँकिङ अपराधले यस साता पनि निरन्तरता पायो । गत साता बंगलादेशका बैँकहरुमा चोरी भएकोमा यस साता जापान र अफ्रिका बैँकहरुबाट रकम हराए । साताको विहिबार बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रवन्ध सञ्चालक कमल ज्ञवालीसहित आठ जनालाई पाटन पुनरावेदन अदालतले कैद र जरिवानाको सजाय सुनायो ।   

शेयर निष्काशन तथा बाँडफाँड
नेपाल धितोपत्र बोर्डले अधिकतम १२ कार्यदिनभित्र हकप्रद निष्काशनको अनुमति दिने घोषणा गर्यो । यसै सातादेखि एनआइसी एशिया बैंकले ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद निष्काशन सुरु गर्यो । साताको बुधबार ङादी ग्रुप पावरले सर्वसाधारणका लागि निष्काशन गरेको पौने १० लाख कित्ता साधारण शेयर बाँडफाँड गर्यो । साताको मंगलबार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको साधारणसभाले २५ प्रतिशत बोनशको प्रस्ताव पारित गर्यो । राष्ट्र बैँकले सगरमाथा फाइनान्सले आफ्ना शेयरधनीहरुलाई वितरणका लागि प्रस्ताव गरेको १५.८५ प्रतिशत बोनस शेयर स्वीकृत गर्यो । ग्रीन डेभलपमेण्ट बैंकले ४ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटललाई नियुक्त गरि प्रक्रिया अघि बढायो । 

शाखा तथा सेवा विस्तार
सक्षम कार्यक्रमसगँको सहकार्यमा नेपाल इन्भेष्टमेन्ट बैँकले कालिकोटको नाग्म बजारमा एक्सटेन्सन काउन्टरको उद्घाटन गर्यो । ग्लोबल आइएमई बैंकले बागलुङ जिल्लाको गल्कोटमा आफ्नो ९१ औँ शाखा विस्तार गर्यो ।  यती डेभलपमेण्ट बैंकले बुधबार देखि यति अनमोल बचत योजना संचालनमा ल्याएको छ । सनराइज बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने हेतुले आफ्नो चौथो शाखारहित बैंकिङ्ग सेवा डाँगीहाट –६, मोरङ्गमा शुरू गर्यो ।  साताको आइतबार गुराँस लाइफ इन्स्योरेन्सले कैलालीको अत्तरियामा शाखा कार्यालय स्थापना गर्यो ।

वित्तीय विकासमा बैँक तथा वित्तीय संस्था
नेशनल बैंकिङ इन्ष्टिच्युटले वाणिज्य बैंक र विकास बैंकका सञ्चालक समितिका सदस्यहरुको लागि ‘डाइरेक्टर्स रिफ्रेसर कोर्स’ बिषयक दुई दिने आवसीय तालिम सम्पन्न गर्यो । नेपाल एसबिआई बैंकले आफ्नो नियमित बैकिङ्क अभ्यास प्रबद्र्घन तथा बैकिङ्क सचेतना कार्यक्रम अन्तर्गत साइकल ¥याली सम्पन्न ग¥यो ।

अन्य
फ्रान्सको राजधानी पेरिसमा रहेको गूगलको मुख्यालयमा आयकरसम्बन्धी आरोपमा छापा मारियो ।  सेयर विश्लेषक रविन्द्र भट्टराईको नयाँ कृति सेयरबाट करोडपति यसै सातादेखि बजारमा आयो । राष्ट्रिय वाणिज्य बैँक बेस्ट आईसीटी युजर इन पब्लिक सेक्टर अवार्ड २०१६ बाट सम्मानित भयो ।