बैंकिङ खबर । लामो समयपछि मंगलबार सेयर बजार बढेको छ । नेप्से परिसूचक १.६१ अंकले बढेर ११६१.४३ अंकमा पुगेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र अन्य समूह बढेका छन् भने फाइनान्स, निर्जिवन बीमा, उत्पादनमूलक, लघुवित्त र जीवन बीमा समूह घटेका छन् ।
दिनभरिमा १५४ वटा कम्पनीको सात लाख ८८ हजार एक सय ६९ कित्ता सेयर तीन हजार पाँच सय ७७ पटक खरिदविक्री हुँदा २३ करोड १६ लाख ८२ हजार नौ सय ६१ रुपैयाँको कारोबार भएको छ । एनएमबि बैंक, नेपाल बैंक र एनसीसी बैंकको मात्रै एक करोडमाथिको कारोबार भएको छ ।
सूर्योदय लघुवित्त, नेपाल हाइड्रो डेभलपर्स र कालिका लघुवित्तका सेयरधनीले क्रमशः ८.३७, ६.४३ र ५.७५ प्रतिशतले कमाएका छन् । अपि पावर कम्पनी, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । यता, एनएलजी इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, तिनाउ विकास बैंक, निर्धन उत्थान लघुवित्त, रिलायन्स फाइनान्स लगायतका सेयरधनीले गुमाएका छन् ।