Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

चौतारी लघुवित्तको आईपिओ मंसिर १९ गतेदेखि

२०७५ मंसिर ११ गते
सेयर:

बैंकिङ खबर । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ मंसिर १९ गतेदेखि निष्काशन हुने भएको छ । लघुवित्तले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित दरमा पाँच लाख ६० हजार सात सय कित्ता सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशन छिटोमा छिटोमा मंसिर २३ र ढिलोमा पुस १९ गते बन्द हुने सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । 

उक्त सेयरमा ५० कित्तादेखि तीन हजार कित्तासम्मका लागि आवेदन दिन पाइन्छ । सबै सीआस्वा सदस्य वित्तीय संस्थाबाट यस सेयरका लगि आवेदन दिन पाइनेछ ।