बैंकिङ खबर । सोमबार पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ६.३५ अंकको गिरावटसँगै ११६०.२८ अंकमा कायम भएको छ । फाइनान्स र अन्यबाहेक सबै उपसूचक ओरालो लागेका छन् ।
दिनभरिमा १५५ वटा कम्पनीको नौ लाख ९१ हजार सात सय ३० कित्ता सेयर चार हजार ८२ पटक खरिदविक्री हुँदा ३० करोड ८४ लाख ९५ हजार ८४ रुपैयाँको कारोबार भएको छ ।
एनएमबि बैंकको सबैभन्दा धेरै सवा दुई करोडको कारोबार भएको छ । ग्लोबल आईएमई बैंक, निर्धन उत्थान लघुवित्त, नेपाल टेलिकम, एभरेष्ट बैंक र प्रभु बैंकको एक करोडमाथिको कारोबार भएको छ ।
जम्मा ३७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका सेयरधनीले ४.४८ प्रतिशतका दरले कमाएका छन् । प्रोग्रेसिभ फाइनान्स, नाडेप लघुवित्त, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, नागरिक लगानी कोष, अपि पावर कम्पनी, सांग्रिला डेभलपमेन्ट बैंक, समता माइक्रोफाइनान्स, आईसीएफसी फाइनान्स, रिडी हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नेपाल सेवा लघुवित्त र एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ५.६५ र ५.६३ प्रतिशतले गुमाएका छन् । यसबाहेक, मिर्मिरे लघुवित्त, नेशनल हाइड्रो, शिखर इन्स्योरेन्स, महुली सामुदायिक लघुवित्त, एभरेष्ट इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, आरएसडीसी लघुवित्त, स्वरोजगार लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।