Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ओपल सेक्युरिटिज इन्भेष्टमेन्टको कारोबारमा रोक

२०७५ मंसिर ७ गते

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले ओपल सेक्युरिटिज इन्भेष्टमेन्टलाई कारोबारमा रोक लगाएको छ । बोर्डले वार्षिक हिसाब तथा विवरण पेश नगरेको भन्दै कारोबारमा रोक लगाउन नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाएको हो । 

बोर्डले धितोपत्र सम्वन्धी ऐन २०६३को दफा ८२ तथा धितोपत्र व्यवसायी नियमावली २०६४को नियम ३५(१) बमोजिम असोज मसान्तभित्र पेश गर्नुपर्ने वार्षिक हिसाब पेश नगरेको जनाएको छ । तीस दिन म्याद थप हुँदा समेत विवरण पेश नगरेपछि बोर्डले सात दिनका लागि कारोबारमा रोक लगाएको हो । 

सात दिनभित्र विवरण पेश नभए कारोबार निरन्तर रोक लगाइने बोर्डले जनाएको छ ।

Ad