November 14th, 2018

सामान्य अंकले बढ्यो सेयर बजार

बैंकिङ खबर । बुधबार सेयर बजार ०.९८ अंकले बढेर १२०८.५६ अंकमा पुगेको छ । होटल, जलविद्युत्, फाइनान्स, लघुवित्त, जीवन बीमा र अन्य समूह घटेपनि बैंकिङ, विकासक बैंक र निर्जिवन बीमा समूह बढेका छन् ।

दिनभरिमा १४४ वटा कम्पनीको सात लाख ८५ हजार नौ सय ९३ कित्ता सेयर दुई हजार छ सय २८ पटक खरिदविक्री हुँदा १७ करोड ८३ लाख ८० हजार नौ सय ३७ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, सबैभन्दा धेरै प्रभु बैंकको तीन करोड तथा कुमारी बैंक र नेपाल बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

युनाइटेड इन्स्योरेन्स, समता माइक्रोफाइनान्स, सिद्धार्थ इक्विटी फण्ड, नेपाल सेवा लघुवित्त, वरियन्टल होटल्स र अरुण भ्याली हाइड्रोका सेयरधनीले तीन प्रतिशतभन्दा बढीले कमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]