November 13th, 2018

सञ्चयकोषका सञ्चयकर्तालाई मध्य भोटेकोशीको सेयर भोलीदेखि, सिआस्वा अनिवार्य

बैंकिङ खबर । मध्य भोटेकोशीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि भोली कात्तिक २८ गतेदेखि प्राथमिक सेयर निष्काशन गर्दैछ । आवेदन सिआस्वा प्रणालीबाट मात्रै दिन पाइनेछ । कर्मचारी सञ्चय कोषमा २०६८ मंसिर २२ गतेसम्म कायम सञ्चयकर्ताका साथै २०७५ असोज २९ गतेसम्म थप भएका सञ्चयकर्ताले आवदेन दिन पाउनेछन् । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुले न्युनतम ५० र अधिकतम ५०० कित्तासम्मको लागि आवदेन दिन सक्नेछन् ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँको दरमा एक करोड १७ लाख कित्ता प्राथमिक सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लागि छुट्टाएको छ । कम्पनीको संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीहरुको लागि ६ लाख निष्काशन गर्नेछ । 

संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुको लागि भने मंसिर १९ देखि २६ गतेसम्म निष्काशन गर्नेछ । कोषमा करिव ६ लाख सञ्चयकर्ता छन् । 

नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ । कम्पनीको सेयर निष्काशन तथा ब्रिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]