November 5th, 2018

जोशी हाइड्रोपावरले पायो आईपिओ जारी गर्ने अनुमति

बैंकिङ खबर । जोशी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि आईपिओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १६ लाख ९० हजार चार सय ७० कित्ता सेयर निष्कासन गर्ने भएका अनुमति पाएको हो । कम्पनीले स्थानीय बासिन्दाले नकिनेको दुई लाख ४२ हजार १० कित्ता र सर्वसाधारणहरुलाई छुट्याईएको १४ लाख ४८ हजार ४६० कित्ता गरी उक्त परिमाणको आइपिओ बिक्री गर्न लागेको हो ।

जोशी हाइड्रोपावर कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीले इक्रा नेपालबाट इक्रा रेटिङ्ग ’इक्रा एनपि आईपिओ ग्रेड ५’ पाएको छ । यस सूचकले कम्पनीको वित्तीय अवस्था सबैभन्दा कमजोर रहेको जनाउँछ ।

जोशी हाइड्रोपावरले इलामको पुवाखोलामा तीन मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । पहिलो आयोजनाको रुपमा ३ मेगावाटको अपर पुवा १ आयोजना सञ्चालनमा रहेको कम्पनीले २०७१ माघ १ गतेबाट उक्त आयोजनाबाट व्यवसायिक रुपमा विद्युत उत्पादन गर्दै आएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]