October 31st, 2018

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार पौने १७ करोड

बैंकिङ खबर । बुधबार सेयर बजार २.९० अंकले घटेर १२२१.४६ अंकमा कायम भएको छ । दिनभरिमा १६४ वटा कम्पनीको छ लाख ६६ हजार एक सय १५ कित्ता सेयर तीन हजार तीन सय ३६ पटक खरिदविक्री गर्दा जम्मा १६ करोड ७५ लाख ९९ हजार एक सय ९० रुपैयाँको कारोबार भएको छ ।

प्रभु बैंकको सबैभन्दा धेरै ९० लाख २१ हजार रुपैयाँको कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार भएका १० कम्पनीको सूचिमा क्रमशः एनआईसी एशिया बैंक, सिभिल बैंक, एलआईसी नेपाल, देवः विकास बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स र चिलिमे हाइड्रो रहेका छन् । 

नेपाल सेव लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९० प्रतिशतका दरले कमाएका छन् भने बरुण हाइड्रोका सेयरधनीले ५.९८ प्रतिशतले कमाएका छन् । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]