बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मक ट्रेडिङ स्थगित गरेको छ । छिट्टै पूर्ण अनलाइन ट्रेडिङ प्रणाली औपचारिक रुपमा कार्यान्वयनमा ल्याउने जनाउँदै नेप्सेले मक ट्रेडिङ स्थगित गरेको हो । कार्तिक १५ गतेदेखि ब्रोकरहरु मार्फत पूर्ण स्वस्चालित अनलाइन प्रणाली मार्फत कारोबार गराउने तयारी भइरहेको नेप्सेले जनाएको छ । लगानीकर्तालाई अनलाइन ट्रेडिङमा अभ्यस्त बनाउने उदेश्यले गत असोज २ गतेदेखि मक ट्रेडिङ सुरु गरिएको थियो ।