October 30th, 2018

मिसन डेभलमेन्ट बैंकका सेयरधनीले ११ प्रतिशत बोनस सेयर पाउने

बैंकिङ खबर । मिसन डेभलपमेन्ट बैंकका सेयरधनीले ११ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस दिने निर्णय गरेको हो । बैंकले बोनसमा लाग्ने कर तिर्न ०.५७८ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

जसअनुसार बैंकले पाँच करोड ७१ लाख २० हजार आठ सय २२ रुपैयाँ बराबरको बोनस सेयर र ३० लाख छ हजार तीन सय ५९ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 

बैंक सञ्चालक समितिद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी  साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]