बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ८.८२ अंकको गिरावटसँगै १२४१.११ अंकमा कायम भएको छ । दिनभरिमा १५६ वटा कम्पनीको नौ लाख ४८ हजार पाँच सय ९३ कित्ता सेयर चार हजार तीन सय १७ पटक खरिदविक्री हुँदा २७ करोड ७१ लाख ८२ हजार आठ सय ९८ रुपैयाँको कारोबार भएको छ ।
प्रभु बैंकको सबैभन्दा धेरै तीन करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । कुमारी बैंकको दुई करोड तथा एनआईसी एशिया बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । छ्याङ्दी हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ६.२५ प्रतिशतले कमाएका छन् । यता, बरुण हाइड्र ोका सेयरधनीले ६.४ प्रतिशतले गुमाएका छन् भने रैराङ हाइड्रोका सेयरधनीले ५.४६ प्रतिशतले गुमाएका छन् ।