October 23rd, 2018

हिमालयन उर्जाको नौ लाख ९० हजार कित्ता आईपिओ खुल्यो, कसरी दिने आवेदन ?

बैंकिङ खबर । हिमालयन उर्जा विकास कम्पनीले नौ लाख ९० हजार कित्ता आइपिओ निष्काशन गरेको छ । प्रभावित क्षेत्रका लागि निष्कासन गरेको उक्त आइपीओ छिटोमा कात्तिक २७ गते र ढिलोमा मंसिर ५ गतेसम्म खुला रहनेछ । 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । स्थानीय बासिन्दाले लागि कम्पनीको शेयर सिद्धार्थ बैंक रामेछाप, प्राइम बैंक जिरी, सञ्चुरी बैंक जिरी र एनएमबी बैंक दोलखाबाट भर्न सक्ने व्यबस्था मिलाइएको विक्रि प्रबन्ध नविल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० कित्ता र अधिकतम ४९ सय कित्तासम्मको लागि आवदेन दिन पाउने छन । प्रभावित क्षेत्रका बासिन्दाले पाएको शेयर बाँडफाँड भएको तीन वर्षसम्म बिक्री गर्न नपाउने कम्पनीले जनाएको छ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमामा बग्ने खिम्ति खोलामा दुई वटा आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब ९१ करोड रुपैयाँ र अपर खिम्ति आयोजनाको जम्मा लागत एक अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]