October 11th, 2018

९.९५ अंकको वृद्धिसँगै १२२८.२८ अंकमा सेयर बजार

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ९.९५ अंकले बढेर १२२८.२८ अंकमा पुगेको छ । होटल र उत्पादनमूलकबाहेक सबै समूह बढेका छन् । दिनभरिमा १६५ वटा कम्पनीको आठ लाख ६२ हजार तीन सय ६८ कित्ता सेयर चार हजार पाँच सय ८४ पटक खरिदविक्री हुँदा २५ करोड २२ लाख ९१ हजार पाँच सय ४० रुपैयाँको कारोबार भएको छ ।

मेगा बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, जनता बैंक र नेपाल लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । समिट माइक्रोफाइनान्स प्रोमोटर, नेपाल बैंक, प्रभु बैंक, एनसीसी बैंक र माछापूच्छ्रे बैंकको क्रमशः ९० लाख, ८५ लाख, ७९ लाख, ७७ लाख र ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

युनाइटेड फाइनान्स र सिन्धु विकास बैंकका सेयरधनीले क्रमशः ७.९५ र ५.१७ प्रतिशतले कमाएका छन् । सृजना फाइनान्स, नेपाल सेवा लघुवित्त, जानकी फाइनान्स, बैंक अफ काठमाण्डू, अरुण भ्याली हाइड्रो, मेरो माइक्रोफाइनान्स, काबेली विकास बैंक, सिटिजन्स बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, पञ्चकन्या माई हाइड्रोका सेयरधनीले ५.५५ प्रतिशतले गुमाएका छन् । सोल्टी होटल, हिमालयन डिस्टीलरी, दिव्यश्वरी हाइड्रो, सानिमा माई हाइड्रो, सहयोगी विकास बैंक, रिडी हाइड्रो, तिनाउ विकास बैंक, रैराङ हाइड्रो, गुहेश्वरी फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]