October 10th, 2018

सामान्य अंकको वृद्धिसँगै १२१८.३३ अंकमा सेयर बजार

बैंकिङ खबर । बैंकिङ र उत्पादनमूलकबाहेक सबै समूह घटे पनि बुधबार सेयर बजार ०.४० अंकले बढेर १२१८.३३ अंकमा पुगेको छ । दिनभरिमा १६२ वटा कम्पनीको  आठ लाख ५६ हजार एक सय ८७ कित्ता सेयर चार हजार पाँच सय ३२ पटक खरिदविक्री हुँदा २२ करोड ६५ लाख २४ हजार छ सय ४७ रुपैयाँको कारोबार भएको छ । 

सानिमा माई हाइड्रोको तीन करोड तथा माछापूच्छ्रे बैंक र चिलिमे हाइड्रोको एक करोडमाथिको कारोबार भएको छ । नाडेप लघुवित्त, एनआईसी एशिया बैंक, नेपाल टेलिकम, प्रभु बैंक, सिभिल बैंक, मेगा बैंक र जनता बैंकको क्रमशः ७८ लाख ७२ लाख ६७ लाख, ६६ लाख ५८ लाख, ५६ लाख र ५६ लाखको कारोबार भएको छ । 

मेगा बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.११ प्रतिशतका दरले कमाएका छन् । प्रभु बैंक, समता माइक्रोफाइनान्स, नेपाल हाइड्रो, आरएसडीसी लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स, दिव्यश्वरी हाइड्रो, महिला सहयात्रा माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिटी एक्सप्रेस फाइनान्सका सेयरधनीले ५.४५ प्रतिशतका दरले गुमाएका छन् । नागबेली लघुवित्त, अरुण काबेली पावर, लक्ष्मी लघुवित्त, भार्गव विकास बैंक, नाडेप लघुवित्त, अरुण भ्याली हाइड्रो, कालिका लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]