October 9th, 2018

सामान्य अंकको गिरावटसँगै १२१७.९३ अंकमा सेयर बजार

बैंकिङ खबर । मंगलबार सेयर बजार २.५९ अंकको गिरावटसँगै १२१७.९३ अंकमा कायम भएको छ । अन्यबाहेक सबै उपसमूह घटेका छन् । दिनभरिमा १६० वटा कम्पनीको १० लाख १८ हजार ७९ कित्ता सेयर छ हजार एक सय ७४ पटक खरिद विक्री हुँदा ३४ करोड ३२ लाख ९४ हजार चार सय ३० रुपैयाँको कारोबार भएको छ ।

नाडेप लघुवित्तको सबैभन्दा धेरै तीन करोड ८५ लाख माथिको कारोबार भएको छ । चिलिमे हाइड्रो, एनआईसी एशिया बैंक, सानिमा माई हाइड्रो, माछापूच्छ्रे बैंक, एनएमबि बैंक, कुमारी बैंक, प्रभु बैंक र नेपाल बैंकको एक करोडमाथिको कारोबार भएको छ । एनसीसी बैंकको पनि झन्डै एक करोडको कारोबार भएको छ । 

नेपाल सेवा लघुवित्त र ग्लोबल आईएमई लघुवित्तका सेयरधनीले क्रमशः ६.८१ र ६ प्रतिशतले कमाएका छन् । पोखरा फाइनान्स, एनआईबिएल प्रगती फण्ड, नाडेप लघुवित्त, सिभिल लघुवित्त, भार्गव विकास बैंक, ङादी ग्रुप पावर, नेपाल टेलिकम, छ्याङ्दी हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]