October 8th, 2018

६.१६ अंकले बढ्यो सेयर बजार, कारोबार ३६ करोडमाथि

बैंकिङ खबर । केही दिनदेखि निरन्तर घटिरहेको सेयर बजार सोमबार ६.१६ अंकले बढेर १२२०.५२ अंकमा पुगेको छ । अन्य र जीवन बीमाबाहेक सबै समूह बढेका छन् । दिनभरिमा १६३ वटा कम्पनीको १४ लाख ५१ हजार पाँच सय ७२ कित्ता सेयर चार हजार ४६ पटक खरिदविक्री हुँदा ३६ करोड १६ लाख ५६ हजार नौ सय २३ रुपैयाँको कारोबार भएको छ । 

माछापूच्छ्रे बैंकको नौ करोड तथा एनआईसी एशिया बैंक, एनसीसी बैंक, हिमालयन डिस्टीलरी र मेगा बैंकको एक करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, एनएमबि बैंक र प्रिमियर इन्स्योरेन्सको क्रमशः ९८ लाख, ९० लाख, ८३ लाख ६९ हजार, ८३ लाख ३८ हजार र ७२ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । 

नाडेप लघुवित्त र सेन्ट्रल फाइनान्सका सेयरधनीले क्रमशः ९.९६ र ५.०८ प्रतिशतले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, एनआईबिएल प्रगति फण्ड, लुम्बिनी विकास बैंक, नेरुडे लघुवित्त, सोल्टी होटल, कैलाश विकास बैंक, कुमारी बैंक, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, मञ्जुश्री फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.००७५ प्रतिशतका दरले गुमाएका छन् । ङादी ग्रुप पावर, नेशनल हाइड्रो, कञ्चन डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त, सवोर्ट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, खानीखोला हाइड्रो, सानिमा इक्विटी फण्ड, सिनर्जी पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]