October 3rd, 2018

दोहोरो अंकको गिरावटसँगै १२३०.६० अंकमा सेयर बजार

बैंकिङ खबर । बुधबार सेयर बजार १०.७६ अंकको गिरावटसँगै १२३०.६० अंकमा कायम भएको छ । व्यापार र होटलबाहेक सबै उपसूचक घटेका छन् । दिनभरिमा १६५ वटा कम्पनीको १४ लाख ३६ हजार पाँच सय १२ कित्ता सेयर चार हजार सात सय ३८ पटक खरिदविक्री हुँदा ३७ करोड ४० लाख ४९ हजार आठ सय ७५ रुपैयाँको कारोबार भएको छ ।

एनएमबि बैंक र एनआईसी एशिया बैंकको दुई करोड तथा माछापूच्छ्रे बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, नेपाल बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको कारोबार भएको छ । कृषि विकास बैंकको ९९ लाख रुपैयाँको कारोबार भएको छ ।

जम्मा २८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । नाडेप लघुवित्त र समता माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.९१ र ७.३४ प्रतिशतले कमाएका छन् । यसबाहेक, गोर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, विशाल बजार, जेविल्स फाइनान्स, नेपाल सेवा लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, विजय लघुवित्त, एनएमबि हाईब्रिड फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, नेपाल हाइड्रो र मेरो माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ५.४४ र ५.०७ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, महुली सामुदायिक लघुवित्त, गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स, स्वरोजगार लघुवित्त, अरुण भ्याली हाइड्रो, रैराङ हाइड्रो, नेरुडे लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]