October 2nd, 2018

सामान्य अंकले बढ्यो सेयर बजार, ४५ करोडमाथिको कारोबार

बैंकिङ खबर । मंगलबार सेयर बजार २.६९ अंकले बढेर १२४१.३६ अंकमा पुगेको छ । होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक समूह घटे पनि बैंकिङ, व्यापार, निर्जिवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूह बढेका छन् ।

दिनभरिमा १७१ वटा कम्पनीको २० लाख ४० हजार ८३ कित्ता सेयर चार हजार नौ सय ३३ पटक खरिदविक्री हुँदा ४५ करोड ५९ लाख ९५ हजार एक सय १४ रुपैयाँको कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको तीन करोड, सानिमा माई हाइड्रो र माछापूच्छ्रे बैंकको दुई करोड तथा प्रभु बैंक, एनएमबि बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, जनता बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

नाडेप लघुवित्त र एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.९२ र ५.२० प्रतिशतले कमाएका छन् । महुली सामुदायिक लघुवित्त, देवः विकास बैंक, कंचन डेभलपमेन्ट बैंक, मिर्मिरे लघुवित्त, सेन्ट्रल फाइनान्स, मञ्जुश्री फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिद्धार्थ इक्विटी फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, भार्गव विकास बैंकका सेयरधनीले ९.३५ प्रतिशतका दरले गुमाएका छन् । शाइन रेसुंगा डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, युनाइटेड इन्स्योरेन्स, तिनाउ विकास बैंक, जेविल्स फाइनान्स, गोर्खाज फाइनान्स, छ्याङ्दी हाइड्रो, लक्ष्मी इक्विटी फण्ड, बोटलर्स नेपाल लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]