September 30th, 2018

आठ लाख १५ हजार कित्ता आईपिओ निष्काशन गर्ने तयारीमा रु रु जलविद्युत परियोजना

बैंकिङ खबर । रु रु जलविद्युत परियोजना लिमिटेडले कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आठ लाख १५ हजार चार सय १० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १० प्रतिशत अर्थात चार करोड सात लाख ७० हजार रुपैयाँ बराबरको चार लाख सात हजार सात सय पाँच कित्ता आईपिओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको २० प्रतिशत आईपिओ निष्कासन गर्न लागेको हो । परियोजनाले १० प्रतिशत आयोजना प्रभावित स्थानीय र १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीको चुक्तापुँजी ३२ करोड ६१ लाख ६४ हजार चार सय रुपैयाँ रहेको छ । सेयर बिक्रीबाट संकलन भएको पुँजी माथिल्लो हुग्दीको क्यासकेड आयोजनामा लगानी गर्ने कम्पनीको योजना छ ।

रु रु परियोजनाले निर्माण गरेको माथिल्लो हुग्दीले २०७१ चैतबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्षमा गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी खोला जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बिक्रीबाट १२ करोड २१ लाख ९७ हजार ४ सय ४२ रुपैयाँ आम्दानी गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]