September 28th, 2018

१२.०७ अंकले बढेयो नेप्से, चार दिनमा तीन अर्ब ३० करोडको कारोबार

बैंकिङ खबर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साता १२.०७ अंकले बढेको छ । गत साताको अन्तिम दिन १२५५.०७ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १२६७.१४ अंकमा आइपुगेको हो । यो साता कारोबार भएका चार दिनमध्ये, आइतबार र मंगलबार बढेको थियो भने बुधबार र विहीबार घटेको थियो । गत साता नेप्से १०.२३ अंकले बढेको थियो । 

चार दिनमा कुल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार दुई सय ४० कित्ता सेयर ३२ हजार छ सय दुई पटक खरिदविक्री हुँदा तीन अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ । गत साता कुल १८९ कम्पनीको ९० लाख ७० हजार सात सय ७० कित्ता सेयर २७ हजार सात सय पटक खरिदविक्री हुँदा दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँको कारोबार भएको थियो । 

कारोबारमा भएका १८९ कम्पनीमध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ । जसको २३ करोड ३६ लाख १० हजार रुपैयाँको सेयर किनबेच भएको हो । यसबाहेक, एनआईसी एसिया बैंकको १७ करोड ८३ लाख ४० हजार रुपैयाँ, एनएमबी बैंकको १६ करोड ९१ लाख ८० हजार रुपैयाँ, नेपाल बैंकको १६ करोड ३० लाख रुपैयाँ र कुमारी बैंकको १४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको संस्थापक सेयरको सबैभन्दा धेरै ३० लाख ८५ हजार कित्ता  खरिदविक्री भएका छन् । त्यस्तै, प्रभु बैंकको सेयर सबैभन्दा धेरै एक हजार आठ सय २७ पटक खरिदविक्री भएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]