September 27th, 2018

दोहोरो अंकको गिरावटसँगै १२६७.१४ अंकमा सेयर बजार

बैंकिङ खबर । विहीबार पनि सेयर बजार घटेको छ । होटल र उत्पादनमूलकबाहेक सबै उपसूचक रातो भएपछि नेप्से परिसूचक १०.५६ अंकको गिरावटसँगै १२६७.१४ अंकमा कायम भएको छ । दिनभरिमा १६९ वटा कम्पनीको २१ लाख ९६ हजार नौ सय २६ कित्ता सेयर  ५७ करोड ३८ लाख २० हजार नौ सय ६६ रुपैयाँको कारोबार भएको छ । 

प्रभु बैंक र सूर्या लाइफ इन्स्योरेन्स प्रोमोटरको चार करोड तथा नेपाल बैंक, एनएमबि बैंक, एनआईसी एशिया बैंक, नेशनल हाइड्रो र महालक्ष्मी विकास बैंक प्रोमोटरको दुई करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, मेगा बैंक, कुमारी बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

नेशनल हाइड्रोका सेयरधनीले ९.८८ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल, नाडेप लघुवित्त, सिभिल लघुवित्त, ङादी ग्रुप पावर, हाथवे फाइनान्स, जलविद्युत् लगानी तथा विकास कोष, हिमालयन डिस्टीलरी, सेन्ट्रल फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, हिमालयन पावर पार्टनर र अरुण काबेली पावरका सेयरधनीले क्रमशः ५.९० र ५.२० प्रतिशतले गुमाएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, माछापूच्छ्रे बैंक, सिन्धु विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, काबेली विकास बैंक, सनराइज बैंक, सेञ्चुरी बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]