September 23rd, 2018

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार ६९ करोडमाथि

बैंकिङ खबर । आइतबार सेयर बजार २.६१ अंकले बढेर १२५७.६८ अंकमा पुगेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स समूह बढेका छन् भने निर्जिवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र जीवन बीमा समूह घटेका छन् ।

दिनभरिमा १६७ वटा कम्पनीको ५५ लाख ४९ हजार छ सय २१ कित्ता सेयर छ हजार आठ सय ३० पटक खरिद विक्री हुँदा ६९ करोड ३६ लाख ६१ हजार दुई सय ५६ रुपैयाँको कारोबार भएको छ । एनआईसी एशिया बैंकको सात करोड, क्यापिटल मर्चेन्ट बैंक प्रोमोटर र ग्लाबेल आईएमई बैंकको छ करोड, प्रभु बैंकको पाँच करोड तथा एनएमबि बैंक र नेपाल बैंकको तीन करोडमाथिको कारोबार भएको छ । कुमारी बैंकको दुई करोड तथा जनता बैंक, एभरेष्ट बैंक, सानिमा बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ ।

साल्ट ट्रेडिङ, प्रभु बैंक, मञ्जुश्री फाइनान्स र काबेली विकास बैंकका सेयरधनीले क्रमशः ८.९८, ६.४५, ५.५१ र ५.१३ प्रतिशतका दरले कमाएका छन् । जानकारी फाइनान्स, मेरो माइक्रोफाइनान्स, एनआईबिएल प्रगति फण्ड, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई समुन्नत स्कीम, सिटी एक्स्प्रेस फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, कालिका लघुवित्तका सेयरधनीले ७.४३ प्रतिशतले गुमाएका छन् । स्वरोजगार लघुवित्त, नेशनल हाइड्रो, मिथिला लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, छ्याङ्दी हाइड्रो, कञ्चन डेभलपमेन्ट बैंक, स्वाबलम्वन लघुवित्त, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]