September 23rd, 2018

एनसीसी बैंकको हकप्रदमा आवेदन दिने म्याद १५ दिन थपियो

बैंकिङ खबर । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंक लिमिटेडले हकप्रद सेयर भर्ने म्याद १५ दिनको लागि थप गरेको छ । यसअघि असोज ७ गते बन्द हुने भनिएको सेयर निष्काशन अब असोज २२ गते मात्रै बन्द हुने भएको छ । 

बैंकले साउन १५ गतेसम्म कायम सेयरधनीहरुको लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्कासन गरेको छ । प्रति सेयर एक सय रुपैयाँको दरमा दुई अर्ब ३३ करोड रुपैयाँ बराबरको दुई करोड ३३ लाख कित्ता हकप्रद निष्काशन गरिएको हो । 

सनराइज क्यापिटल कमलपोखरी, बैंकको सम्पुर्ण शाखा कार्यालयहरु, आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद सेयरका लागि आवेदन दिन पाइनेछ । 

बैंकको हालको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी सात अर्ब एक करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्कासनपछि बैंकले चुक्ता पूँजीको १४.०१ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । जसपश्चात्, बैंकको चुक्ता पूँजी आठ अर्ब ७० लाख रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]