September 21st, 2018

साताभरमा सेयर बजार १०.२३ अंकले बढ्यो, चार दिनमा दुई अर्ब ६२ करोडको कारोबार 

बैंकिङ खबर । यो साता सेयर बजार १०.२३ अंले बढेको छ । गत साता १२४४.८४ अंकमा बन्द भएको बजार साताभरको  उतारचढावपछि अन्तिम दिन १२५५.०७ अंकमा आइपुगेको हो । साताको सुरुवात दोहोरो अंकको वृद्धिबाट भएपछि दोस्रो दिन नै घटेको बजार मंगलबार सामान्य बढेको थियो  भने अन्तिम दिन विहीबार ३.७४ अंकले घटेको थियो । यो साताको वृद्धिदर गत साताको तुलनामा कम हो । गत साता नेप्से परिसूचक १५.०७ अंकले बढेको थियो ।  

कुल १८९ कम्पनीको ९० लाख ७० हजार सात सय ७० कित्ता सेयर २७ हजार सात सय पटक खरिदविक्री हुँदा दुई अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँको कारोबार भएको छ । गत साता १८६ कम्पनीको एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयर २३ हजार छ सय ११ पटक खरिदविक्री हुँदा दुई अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँको कारोबार भएको थियो ।

गत साताजस्तै यो साता पनि एनआईसी एसिया बैंकको सबैभन्दा धेरै १२ करोड १२ लाख ९० हजार रुपैयाँको सेयर कारोबार भएको छ । यसबाहेक, सानिमा माई हाइड्रोपावरको १० करोड २ लाख ४० हजार रुपैयाँ, नेपाल बैंकको ९ करोड ५० लाख ६० लाख रुपैयाँ र प्रभु बैंकको नौ करोड ३६ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

कारोबार भएको सेयर संख्याको आधारमा एनएमबि बैंक अगाडी रहेको छ, जसको पाँच लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, एनएमबि बैंककै सेयर सबैभन्दा धेरै एक हजार चार सय ५७ पटक खरिदविक्री भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]