September 21st, 2018

कञ्चन डेभलपमेन्ट बैंकले ११.२९ प्रतिशत लाभांश दिने

बैंकिङ खबर । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ११ दशमलव २९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको असोज ४ गते बसेको संचालक समितिको बैठकले पाँच प्रतिशत बोनस सेयर र छ दशमलव २९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

जसअनुसार बैंकले दुई करोड ५३ लाख रुपैयाँ बराबरको बोनस सेयर र तीन करोड १८ लाख १४ हजार सात सय ५० रुपैयाँ नगद लाभांश दिने छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]