September 20th, 2018

मितेरी डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस सेयर दिने

बैंकिङ खबर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १७.८९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०७४।७५ को नाफा र सञ्चित कोषबाट १७ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करका लागि ०.८९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव अघि सारेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाछ स्वीकृत भई बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]