September 19th, 2018

शुभम् पावरको पाँच लाख ८० हजार कित्ता आईपिओ आउँदै

बैंकिङ खबर । शुभम् पावर लिमिटेडले सर्वसाधारणको लागि पाँच करोड ८० लाख ५८ हजार रुपैयाँको सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा पाँच लाख ८० हजार पाँच सय ८० कित्ता सेयर निष्काशन गर्ने  अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको  छ । 

आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गर्दा नविकेको एक करोड ८० लाख ५८ हजार रुपैयाँको सेयर पनि यसमै समावेश गरी सर्वसाधारणलाई दिइने बताइएको छ । 

कम्पनीको एक मेगावाट क्षमताको लोअर पिलुवा खोला हाइड्रोइलोक्ट्रिक प्रोजेक्ट निर्माण सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । पहिलो चरणमा संस्थागत लगानीकर्ताले पूँजी परिचालन गर्न नसकेपछि सन् २०१५ मा नयाँ संचालक आएर पूँजी इन्जेक्ट गरेका थिए। नयाँ प्रमोटर आएसँगै सन् २०१६ देखि नै विद्युत विक्री गर्न थालिसकेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]