Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

समिट माइक्रोफाइनान्स र तिनाउ विकास बैंकद्धारा लाभांश घोषणा

२०७५ आश्विन १ गते

बैंकिङ खबर । समिट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र तिनाउ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गरेका छन् ।

समिट माइक्रोफाइनान्सले चुक्तापुँजीको २३.५३ प्रतिशतले हुन आउने चार करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.२४ प्रतिशतले  हुन आउने २१ लाख पाँच हजार दुई सय ६३ रुपैयाँ १६ पैसा नगद लाभांश वितरण गर्ने भएको छ ।

त्यस्तै, तिनाउ विकास बैंकले चुक्तापुँजी ५० करोड ६९ लाख ३४ हजार नौ सय १४ रुपैयाँ सात पैसाको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५७८९४७ प्रतिशतले  हुन आउने ३२ लाख एक हजार छ सय ९४ रुपैयाँ १९ पैसा नगद लाभांश वितरण गर्ने भएको छ ।

दुवै वित्तीय संस्थाको संचालक समितिद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई सम्बन्धित संस्थाको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

Ad